कुश्मा घटनाप्रति मसालद्वारा दुःख प्रकट

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पर्वतको कुश्मामा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । सोमबार प्रवक्ता रामप्रकाश पुरीले एक वक्तव्य प्रकाशित गरी घटनाका पीडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन माग गर्नुभएको छ ।

शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लङमा पहिरो जाँदा ८ जनाको मृत्यु भएको थियो भने एक बालक अझै हराइरहेका छन् ।

प्रवक्ता पुरीद्वारा जारी वक्तव्यमा भनिएको छः ‘पर्वत जिल्लाको कुश्मा नगरपालिका, दुर्लङ–३ मा पहिरोबाट भएको जनधनको क्षतिको लागि हाम्रो पार्टीले गम्भीर दुःख व्यक्त गर्दछ । उक्त पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको छ भने १ जना अझै वेपत्ता रहेको समाचार छ । त्यसरी मृत्यु हुनेहरुप्रति हामीले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । यसका साथै पीडित परिवारजनलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउनका लागि हामी सरकारसित माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार