कृष्ण कुँवरको नेतृत्वमा राज्य समितिका ६ जना सदस्यहरुले प्रवासी नेपाली संघ भारत परित्याग गरि मूल प्रवाहमा प्रवेश

वापी-गुजरात, ३० अक्टुबर । प्रवासी नेपाली संघ भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका ६ जना सदस्यहरुले संयुक्त प्रेस वक्तव्य जारि गरि राजिनामा दिएका छन् ।

प्रवासी नेपाली संघ भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका सदस्य कृष्ण कुँवरको नेतृत्वमा राज्य समितिका सदस्यहरु क्रमशः हरि काउँछा, निखिल रावत, विनिता काउछा, देवेन्द्र रावत, देवराज जोशीले सो संगठन परित्याग गरेका हुन् ।

“हामीले गत २२ फरवरी २०२० का दिन प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेका थियौं” उनीहरुले संयुक्त प्रेस वक्तव्यमा लेखेका छन्– “तर त्यो संगठनको नीति, कार्यक्रम तथा जनताका काममा खटिने सवालमा नै समस्या देखिएकोले आज मितिदेखि हामीले संयुक्त रुपमा प्रवासी नेपाली संघ, भारत परित्याग गरेको घोषणा गर्दछौं ।”

उनीहरुले सो संगठन परित्याग पश्चात, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पुनः प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार