केन्द्रीय सदस्य हरिप्रसाद शर्मा पितृ शोकमा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हरिप्रसाद शर्मा पितृ शोकमा पर्नुभएको छ । शर्माका ८९ वर्षीय बुबा चोपलाल चुदालिको २०७८ भाद्र १९ गते बेलुका ५ः२५ बजे आफ्नै निवासमा असामायिक निधन भएको हामीलाई जानकारी प्राप्त भएको छ ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नः४ कल्लेरी चुदली टोला जन्म भइ हाल बाणगङ्गा नगरपालीका वडा नः ८ कपिलवस्तु निवासी हुनुहुन्थ्यो । यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट महासचिव ठाकुर खनालले पौडेल परिवारमा पर्न गएको दुःखप्रति आफूहरु अत्यन्तै मर्माहत भएको बताउनु भएको छ । खनालले केन्द्रीय समितिकोतर्फबाट शोक वक्तव्य जारि गर्दै शोकाकुल पौडेल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

त्यसैगरि पूर्वी भारत क्षेत्रीय समितिका सचिव गिरीराज परिवारले क्षेत्रीय समितिकोतर्फबाट शोक वक्तव्य जारि गर्दै शोकाकुल पौडेल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार