केरलाबाट मूल प्रवाहले जनायो राजमोको संघीयता बिरोधी कार्यक्रमप्रति ऐक्यवद्धता

धर्मराज शर्मा,
कोट्टयाम, केरला । देशमा राष्ट्रिय जनमोर्चाले घोषणा गरेको संघीयता विरुधको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तरगत रहेको कोट्टयाम नगर समितिको आयोजनामा सभा सम्पन्न भएको छ ।

मनोज जिसिको सञ्चालन र नगर अध्यक्ष धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य मदन शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय समितिका बैकल्पिक सदस्य तथा नगर समितिका सल्लाहकार चोबनाथ शर्माको अतिथि आसन ग्रहणबाट अगाडि बडेको कार्यक्रम मा ज्ञातअज्ञात सहिदहरुप्रति एकमिनेट मौनधारण पश्चात् नगर सदस्य राम बहादुर केसीले उपस्थित जनसमुदायहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मदन शर्मा, अतिथि चोबनाथ शर्माले संघीयता देशको लागि उपयुक्त नरहेको र खारेजिको विकल्प नरहेको भन्दै देशको समसामयीक राजनैतिक विषयमा प्रस्ट्याउनु भएको थियो ।

नगर समितिका सदस्य टिकाराम सुबेदी, कटपन्ना एरियाका सदस्य भवानी पाण्डे र नेत्र पाण्डेले मन्तव्य दिनुभएको थियो ।

त्रिभेन्द्रम,
देशमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको देश व्यापी विरोधको कार्यक्रप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने तिरुवनन्तपुरम नगर समिति सभा सम्पन्न पारेको छ ।

नगर सचिब ईस्वर विकको सञ्चालन र नगर अध्यक्ष चिरन्जिबि शर्माको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा नगर सदस्य भेष बहादुर नेपाली, महिला बिभाग कि सिर्जना विकको आतित्थ्यता रहेको थियो ।

ज्ञात अज्ञात शहिदहरुप्रति एकमिनेट मौनधारण पश्चात् नगर सदस्य धन बहादुर कार्किले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नगर उपाध्यक्ष संयोजक भेष बहादुर नेपाली, सिर्जना विक, राजेश राजले, नगर समितिका सदस्य घनश्याम पौडेल लगायतले मन्तव्य दिनुभएको थियो ।

कोचिन,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय समिति अन्तर्गत कोचिन नगर समितिले “संघीयता खारेज गरियोस् ! कोरोना भाइरस विरुद्ध प्रभावकारी कदम चालियोस !! भन्ने मूल नाराका साथ बिरोध सभा सम्पन्न भयो ।

नगर उपाध्यक्ष बाबुराम केसीको अध्यक्षता, सचिब जनक बीसीको सञ्चालनमा अगाडि बढेको सभामा अतिथि आसनग्रहण पश्चात् ज्ञातअज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि नगर सदस्य रिखेन्द्र बीसीले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा नगर सदस्य शेरबहादुर विक, मेघराज बीसी, कुल बहादुर गुरुङ र गणेश शर्मा पौडेलले मन्तव्य दिनुभएको थियो । वक्ताहरुले नेपालमा संघीयता खारेज गर्नुको विकल्प नरहेकोमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार