केरलामा धुमधामसँग मनाइयो ४२औं स्थापना दिवस

धर्मराज शर्मा
कोट्टयाम, केरला ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा एकता समाजको ४२औं स्थापना दिवस सम्पन्न पारिएको छ ।

नगर समितिका अध्यक्ष धर्मराज शर्माको सञ्चालन र अध्यक्षताबाट अगाडि बडेको अनलाईन कार्यक्रममा मूल प्रवाह अभानेएस केन्द्रीय समितिका सदस्य केबी थापा ज्यूको प्रमुख अतिथि आसन ग्रहण पश्चात् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य मदन शर्मा, चोबनाथ शर्मा र केन्द्रीय तथा क्षेत्रीय सचिब जनक पौडेल र क्षेत्रीय सदस्य भद्रबहादुर थापा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति महिला बिभागबाट खुमादेबी शर्मा, रक्तिम साँस्कृतिक अभियान कोट्टयामका ईन्चार्ज तथा नगर कोषाध्यक्ष टीकाराम सुवेदी, अखिल भारत नेपाली बिध्यार्थी संघ क्षेत्रीय सदस्य तथा कोट्टयाम नगर सचिव उषा शर्मा, तिरुवनन्तपुरम नगर समितिका कोषाध्यक्ष घनश्याम पौडेल लगायतको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारण पश्चात कोट्टयाम नगर सदस्य धन कुमारी केसीले भर्चुअल कार्यक्रममा सहभागी सबैलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि कुल बहादुर थापाले देशका समसामयीक राजनैतिक परिबेश र भारतमा नेपाली मजदुरहरुका जल्दा बल्दा समस्याहरु बारे प्रस्टाउनु भएको थियो । केन्द्रीय सदस्य मदन शर्माले मूल प्रबाहको ईतिहास र संगठनमा आईपरेका समस्याहरुका बारेमा प्रस्टाउनु भयो । त्यस्तै केन्द्रीय सदस्य चोबनाथ शर्माले संगठनात्मक अनुशासन बारे प्रस्टाउनु भएको थियो । केन्द्रीय तथा क्षेत्रीय सचिब जनकराज पौडेलले मूल प्रवाहको स्थापना बारे स्पस्ट पार्नुभएको थियो ।

क्षेत्रीय सदस्य भद्र ब थापाले एकता समाजको समसामयीक बिषयमा प्रस्टाउनु भयो भने रक्तिम साँस्कृतिक ईन्चार्ज टिकारा सुवेदी ज्युले रक्तिमको परिस्थिति र मूल प्रवाहका समसामयीक बिषयमा प्रस्टाउनु भयो । त्यस्तै महिला बिभागकी खुमा देबि शर्मा, अखिल भारत नेपाली बिद्यार्थी संघ क्षेत्रीय सदस्य तथा नगर सचिब उषा शर्मा र नगर समिति तिरुबनन्तपुरमका कोषाध्यक्ष घनश्याम पौडेलले शुभकामना मन्तब्य दिनुभएको थियो ।

भर्चुअल कार्यक्रम अनुशासित रुपमा सफल भएको घोषणा सहित अध्यक्षद्वारा कार्यक्रमको समापन गर्नु भएको थियो।

तिरुवनन्तपुरम,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्तपुरम नगर समितिको आयोजनामा अनलाईनद्वारा एकता समाजको ४२औं स्थापना दिवस मनाईएको छ ।

नगर समितिका सचिब ईश्वर बि.क.को सञ्चालनबाट अगाडि बडेको कार्यक्रममा नगर समितिका उपाध्यक्ष भेस बहादुर नेपालीको अध्यक्षता आसन ग्रहण गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि नगर कोषाध्यक्ष घनश्याम पौडेलले उपस्थित जनसमुदाएलाई स्वागत मन्तब्य दिनुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्तपुरम नगर अध्यक्ष चिरन्जिबि शर्माले भारत स्थित आम नेपालीहरुका जल्दा बल्दा समस्याहरु बारे र मूल प्रवाहको ईतिहास, संगठनको आबस्यक्ताका साथै देश भित्रका समसामयीक राजनैतिक परिबेस बारे ईष्पष्ट पार्नु भएको थियो ।

टिकाराम बैजाडि, कमल पोख्रेल, धन बहादुर कार्कि लगायतले मूल प्रवाहका समसामयीक बिषयहरुमा बोल्दै शुभकामन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार