केरलामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

धर्मराज शर्मा,
कोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति महिला बिभाग कोट्टयाले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम मनाएको छ ।

बालिका देबि शर्माको सञ्चाल र बिभागिय अध्यक्ष खिरमायाँ थापाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख आतित्थ्यता र क्षेत्रीय समितिका सदस्य तथा नगर समितिका अध्यक्ष धर्मराज शर्माको आतित्थ्यता रहेको थियो ।

ज्ञातअज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात उपस्थित जनसमुदायलाई खुमा देबि शर्माले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा धन कुमारी केसी, देबि रिजाल अधिकारी, रुपा पौडेल, नगर समितिका शेर बहादुर बिक, एकराज पौडेल, लिला बहादुर केसी, धर्मराज शर्मा, चोबनाथ शर्माले नारी दिवसको महत्व र नारीहरुको हकहित र अधिकार एवं संगठित हुनुपर्ने आबश्यक्ता बारे प्रस्टाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार