केरलामा १४३ औं स्टालिन जयन्ति कार्यक्रम सम्पन्न

धर्मराज शर्मा,

कोट्टयाम, केरला । बिश्व कम्युनिष्ट आन्दोलनका महान नेता का. स्टालिनको १४३ औं जयन्ति कार्यक्रम भर्चुअलको माध्यमबाट सम्पन्न भएको छ ।

बालिकादेबि शर्माको सञ्चालन र धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सल्लाहकार कुल बहादुर थापा, केन्द्रीय तथा क्षेत्रीय सचिब जनकराज पौडेल, केन्द्रीय समितिका चोबनाथ शर्मा, क्षेत्रीय समितिका भद्र बहादुर थापा, अखिल भारत नेपाली बिद्यार्थी संघ क्षेत्रीय बैकल्पिक सदस्य तथा नगर सचिब उषा शर्मा, नगर महिला बिभागकि अध्यक्ष खिर मायाँ थापा, नगर साँस्कृतिक विभागका टिकाराम सुबेदीको आतित्थ्यता ग्रहण पछि ज्ञात अज्ञात सहिदहरुप्रति एकमिनेट मौनधारण पश्चात हरि पौडेलले स्वागत गर्नुभएको थियो ।

प्रमुख अथिति र विशेष अतिथिहरुले विश्व कम्युनिष्ट आन्दोलनका महान नेता स्टालिनको बारेमा र नेपालमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाको विषयमा प्रष्ट्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार