के के सोध्छे यो फुचुंग्री पनि (भाग ४)

फुचुंग्री :– सत्ताबाट कुर्सी फुत्किए पछि ओलीले त वडा वडामा संघीयताको विरोध गर्ने रे नि, हो र काका ?

काका :– संघीयताको विरोधमा देशभरी जनमत देखेका छन्, त्यो जनमत आफुतिर तान्ने उनको चाल हो ।

फुचुंग्री :– राजावादीहरु पनि संघीयताको विरोधमा देखिएका छन् त ?

काका :– उनीहरुलाई यो व्यवस्था गणतन्त्र प्रजातन्त्र कसरी पल्टाउने र राजतन्त्र ल्याउने भन्ने प्रतिगामी सोंचले काम गरेको छ ।

फुचुंग्री :– ओली र राजावादी बिच मोर्चाबन्दी होला र ?

काका :– विप्लप माओवादी त राजा सहितको राजनीतिक विकल्प भन्दैछ, मोर्चाबन्दी नहोला भन्न सकिन्न नानी ।

फुचुंग्री :– सबै भन्दा पहिले त संघीयताको विरोध मसालले गरेको  होईन र काका ?

काका :– हो नि नानि, देश र जनताको हितमा गणतन्त्र प्रजातन्त्र जोगाउन आबश्यकता अनुसार आत्मनिर्णयको अधिकारसहितको एकात्मक राज्य व्यवस्थाको बिकल्प दिएको छ । यही विकल्प आजको आवश्यकता हो ।

फुचुंग्री :– जागरणवालाहरुले पनि  संघीयताको विरोध गर्लान र काका ?

काका :– केही समय सम्म गर्छन, मसालमा भएका धेरै मान्छेहरूलाई भ्रम पार्ने कोशिस गर्नेछन्, केही उपाय नलागे पछि मोहन वैध किरणको झोला बोकेर विलय हुन्छन् । संकेतदेखि सकिएको छ अहिलै ।

फुचुंग्री :– नयाँ पार्टी खोल्ने तयारी गरेका छन् रे, पार्टीको नाम पनि  नुवारान गरिसकें र ?

काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार