के के सोध्छे यो फुचुंग्री पनि (भाग–५)

फुचुंग्री :– काका ! नेपालमा राजनैतिक क्षेत्रमा राम्रा मान्छे पनि छन र ?

काका :– आजीवन देश र जनताको हितमा पार्टी र क्रान्तिको लागि जीवन समर्पित गर्नु हुने सदावहार क्रान्तिकारी जोश जाँगर भरिएका कम्युनिस्ट नेता मोहनविक्रम र चित्र बहादुर केसी जस्ता कयौँ छन् ।

फुचुंग्री :– नेता बाँच्दासम्म गाली गलौच कारवाही पूर्वाग्रही आरोप बर्साउने मरे पछि देशभक्ति प्रजातन्त्रवादी क्रान्तिकारी राम्रो असल नेता भन्दै आँशु पुछ्दै श्रद्धाञ्जली दिने किन होला काका ?

काकाः– राजनैतिक रोटी सेक्ने गलत पद्दतीको कारणले यस्तो परम्परा नै बस्यो नानी ।

फुचुंग्री :– नेपालमा दलिय राजनीति फेल भएकै हो र काका ?

काका :– प्रणाली नैं फेल त नभनौं, टोप बहादुर लगायत चारजना मन्त्री फेल भएका हुन् । पुरानो पार्टीमा पुनर्वहालीको प्रमादेशको लागि अदालत गएका थिए हिजो दिउँसो भात खाएर ।

फुचुंग्री :– ओलिको सरकार हुँदासम्म त एमाओवादी नेता दललाई भन्नु नभन्नु फलाके । सरकार ढले पछि किन माओबादी चाहिए छ र ?

काका :– मौकापरस्त अवसरवादीहरु पिध नभाको लोटा जस्तै हुन्छन् । कतिखेर के बोल्छन् कतिखेर के गर्छन् तिनि आफैलाई थाहा हुँदैन ।

फुचुंग्री :– मसाल ठूलो र सत्ताधारी दल भइदिएको भए त पहिला अखिल छैठौंको केन्द्रीय अध्यक्षको नाताले टोप बहादुरले अदालतमा परमादेशको लागि जान्थे होला नि काका ?

काका :– उफ् ! के के सोध्छे यो फुचुंग्री पनि ।

  • कोटफुर्से

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार