के के सोध्छे यो फुचुंग्री पनि (भाग ३)

फुचुँग्री :– काका ? गण्डकीको कृष्ण थापा प्रकरणले ता वलिको कुर्सि पनि लपेटेछ नि है ।

काका :– दलिय प्रणाली मिचेर स्वतन्त्र मतदान गर्ने फुकुवा प्रथामा जाँदाको नोक्सानी हो नानी ।

फुचुँग्री :– जननिर्वाचित सभासदहरु प्रधानमन्त्री बनाउन अदालतमा जानुपर्ने काका ?

काका :– हो त नानि, तिमिहरुको दल यो हो भनेर अदालतले भनिदिनु पर्ने, प्रधानमन्त्री अदालतले तोकिदिनु पर्ने, परमादेशको दुनियाँमा प्रवेश गरेको छ बल्ल ।

फुचुँग्री :– कहि कतै नभाको जात्रा हाँडी गाउँमा भनेको जस्तो पो भयो नि काका ?

काका :– क्रान्तिकारीहरू यस्तो विषम परिस्थितिमा देश र जनताको हितमा पार्टी र क्रान्तिको लागि एकदमै चनाखो हुनुपर्ने समयको माग हो ।

फुचुँग्री :– जननिर्वाचित सभासदहरुलाई रिंगाउने घुमाउने खेल कताबाट हुन्छ काका ?

काका :– यि सबै खेल दक्षिण तिरको खुफिया एजेन्सीको निर्देशनमा भएको हो भन्ने कुरामा दुई मत छैन । हिन्दु राज्य र राजतन्त्र फर्काउने नियोजित ढंगले खेल भइरहेको छ ।

फुचुँग्री :– काका ! कतै ति खुफिया एजेन्सीले परमादेशबाटै राजतन्त्र र हिन्दू राज्य घोषणा गर्ने त होईनन् ?

काका :– उफ । के के सोध्छे यो फुचुँग्री पनि !

कोटफुर्से

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार