के वहाँहरुको पार्टीमा जसलाई जे मनलाग्यो त्यही गर्ने, बोल्ने, लख्ने र अराजक गतिविधि गर्ने छुट हुनेछ ?

  • हरि प्रसाद शर्मा

हिज माओवादी नेता नारायण काजी श्रेष्ठले संसदमा बोलेको भाषण सुन्दा फेरि एकपटक इतिहाँसको संझना आयो । उनले संसद विगठन देखि अहिलेको परिस्थिति आउनुमा घुमाउरो पाराले ओलीलाई मात्रै होइन प्रचण्डलाई पनि राम्रोसँग लपेटेका छन । यसै त काजी साहब जिद्दी, आफुले गरेको ठिक, अरुले गरेको सबै बेठीक भन्नमा माहिर छन ।

उनको त्यो चरित्र हामी मसालका नेता कार्यकर्तालाई पनि राम्रो संग थाहा छ । बरु मसालमा फुट पारेर उनी र उनको गुट प्रचण्ड संग लगन गाँठो जोड्न हिडेका नारायण काजीको उस्काहट त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी मसालका जिम्मेवार कामरेड रामसिंह श्रीस हरुले चाल पाउनु भयन वा चाल पायर पनि बुझपचाउनु भयो ? त्यो राम सिंह र उहाँसँग मसाल छोडेर जाने साथीहरूलाई नै थाहा होला ? एकिकृत क्रान्तिकारी पार्टी बनाउने भन्दै मसाल छोड्ने साथीहरुको अहिले के हाल छ ? त्यो राजनीति पर्ती थोरै भयपनि चासो राख्ने सबैलाई थाहा छ । त्यो गुटका केही साथीहरू प्रचण्ड तिर, कोही बाबुराम तिर, कोही स्वतन्त्र हुनुहुन्छ । अन्तमा रामसिंह जीहरुलाई पार्टी चलाउन ठुलो सकस भयपछि उहाँहरुसँंग रहनु भएका सिमित साथीहरूले पछि बैद्य जीहरुसँग एकता गर्नुभयो ।

यतिका वर्ष वितिसके रेशम जी (रामसिंह) हरुको फुटको कुनै औचित्य थियन उहाँहरुले नत आफुले बनायको पार्टी निरन्तर सञ्चालन गर्न सक्नुभयो । नत मसाल भन्दा अब्बल खाले क्रान्तिकारी पार्टी नै बनाउनु भयो त्यसैले इतिहास साछी छ भनाइ र गराई अर्थात (सिद्धान्त र ब्यावहार) मा तालमेल नमिलेसम्म पार्टी सञ्चालन गर्न असंभव छ भन्ने कुरा त इतिहासले प्रमाणित गरेको छ । भने अर्को तर्फ नारायणकाजी श्रेष्ठ (प्रकाश) जस्ता अराजक र मसालको अनुशानमा बस्न नसक्ने स्वार्थीहरुलाई लगातार प्रचण्ड र उनको समुहले काखी च्याप्ने काम गरेको कारण नै हाम्रो पार्टी ने.क.पा. (मसाल) मा बेलाबखतमा सामन्य टुटफुट हुने गरेको सबैलाई थाहा भएको कुरा हो ।

यसरी प्रचण्ड समुह शान्ति प्रक्रियामा आइसकेपछि ठुलो पार्टी बनाउने र पुँजीवादी सत्ताको लालचमा दिनहुँ जसो र्याल काढ्दै चोर, डाँका, कम्युनिष्ट बिरोधी, हत्यारा, मण्डले, घोर अराजकहरुलाई पार्टीमा हुलेकै कारण अहिलेको परिस्थिति आएको हो । कम्युनिष्ट पार्टी सञ्चालन गर्न विधिबिधानमा रहेर अनुशासित नेता कार्यकर्ता चाहिन्छ भन्ने कुरा त वर्तमानमा परिस्थितिमा माओवादी भित्र निरन्तर चलेको अराजक गतिविधिले पनि सबै सामु स्पस्ट गरेको छ ।

विगतबाट पाठ सिक्दै निरन्तर अगाडि नबढेमा केही समयको लागि पार्टी गठन होला तर त्यो कस्तो खाले पार्टी हो ? अहिले नेपाल कम्युनिष्ट पार्टी मसालको अनुशासनमा बस्न नसकेर कार्बाहीमा पर्नुभएका साथीहरुले पनि छातीमा हात राखेर सोंच्ने बेला आएको छ । मसालबाट अलग भइसकेपछि २०४७ यता बाबुरामहरु, दिनानाथहरु, रामसिंहहरु र डिलाराम–गिरधारीहरुले पनि पार्टी गठन त गर्नुभएको हो तर उहाँहरुको अबस्था अहिले कस्तो छ ? त्यतातिर पनि ध्यान केन्द्रीत गर्ने कि ? अहिले मसालले कार्वाही गरेका साथीहरूले पार्टीले दक्षिणपन्थी बिचारधारा अंगालेको भन्दै पार्टी नेतृत्वलाई सत्तोसराप गर्दै समय बर्बाद गर्नुभएको छ ।

कार्वाहीमा परेका केही अतिअराजक ब्यक्तिहरुले पार्टीका अनुशासित नेता कार्यकर्तालाई समेत निरन्तर अशोभनिय गाली गलोज गर्नुभएको छ । साथीहरू हाम्रो प्रश्न यतिमात्र छ : हजुरहरु केही साथीहरू तीन/चार दशक देखि पार्टीमा काम गरेर आउनुभयो के अनुशासन कार्यकर्ताको लागि मात्रै हो र ? नेताहरुले अनुशासन पालन गर्नुपर्दैन ? आफै सहभागी बनेर सम्पन्न गराएको महाधिवेशनका निर्णयहरु अक्षरस पालना गर्नु पर्दैन ? के आउँदा दिनहरुमा हजुरहरुले पार्टी गठन गर्नुभयो भने जसलाई जे मनलाग्यो त्यही गर्ने, बोल्ने, लख्ने, पुरा अराजक गतिविधि गर्ने छुट दिनुहोला र ? गम्भिर बनौं साथीहरू । झिंगाले सरापेर, जसरी डिंगा मर्दैन, अराजक किसिमले पार्टी सञ्चालन हुनै सक्दैन भन्ने त नेपालका अरु कम्युनिस्ट पार्टीको बर्तमान स्थितिलाई हेर्दा पनि प्रष्ट हुनुपर्ने होइन र भन्या ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार