कोचिन नगर समितिद्वारा ४२औं स्थापना दिवश मनाइयो

कोचिन, ७ नोवेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा भर्चुअल माध्यमद्वारा ४२ औं स्थापना दिवश मनाइएको छ ।

नगर सचीव जनक विसीको सञ्चालन, उपाध्यक्ष बाबुराम केसीको अध्यक्षता र अतिथि आसनग्रहण पश्चात ज्ञात अज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरिएको थियो । समाजका वरिष्ठ सदस्य रिखेन्द्र विसीले स्वागत मन्तव्य दिनुभएको थियो ।

तत्कालीन निरंकुश एकात्मक राजतन्त्रात्मक तानाशाही व्यवस्थाका नाइकेहरुद्वारा नेपाली उत्पीडित वर्गमाथि अन्याय पूर्ण शासन गर्नु र तत्कालीन निरंकुश एकात्मक राज्यका भरौटेहरुद्वारा भारतव्यापी विभिन्न संघसंस्थाहरु खोलिएका थिए । जसले प्रवासी नेपालीहरुलाई विभिन्न प्रकारका प्रलोभन देखाई पैसा असुल गर्ने गर्थे ।

यसरी भारतमा प्रशासनहरुबाट नेपालीहरुमाथि अन्याय अत्याचार भइरहँदा नेपालीहरुलाई एकताको झण्डामुनी गोलबन्द गर्नका निम्ती श्रमजिवी नेपालीहरुलाई संगठित गर्ने संगठन आवश्यक हुँदा एकता समाजको स्थापना भएको थियो । एकता समाजको सहि नीतिका कारण आज समाजको व्यापक विकास भएर गएको छ र जुनबेलासम्म नेपाली प्रवासीन बाध्य हुन्छन् त्यो बेलासम्म एकता समाजको खाँचो रही रहने वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा तारानाथ शर्मा, जनक विसी, प्रेम प्रसाद सुबेदी, गणेश शर्मा पौडेल, शेर बहादुर बिक, करण बिक, वीर बहादुर रैकाल, महिला प्रतिनिधि गीता सुवेदी, जानकी विसी, बालाराम राना मगर, जितराम गुरुङ, आशाराम घर्ती मगर लगायत सबैले समाजले गरेका कार्यहरूको विषयमा प्रस्ट्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार