कोट्टयामको आलापुषामा एरिया समिति

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत आलापुषा स्थित नेपाली श्रमजीवहरु बीच भेला सम्पन्न भएको छ । भेला राजु बोहोरा, भिम बहादुर बिष्ट, नगर सचिव मनोज जिसीको विशेष पहल तथा नगर अध्यक्ष धर्मराज शर्मा, केन्द्रीय सल्लाहकार चोबनाथ शर्मा, क्षेत्रीय सदस्य भद्र बहादुर श्रीस र अखिल नेपाल जनजाति सम्मेलनका उपाध्यक्ष कुल बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

भेलाद्वारा भिम बाहादुर बिष्ट को अध्यक्षता मा ९ पुर्ण, ४ बैकल्पिक र ६ सल्लाहकार सहित १९ सदस्यीय आलापुषा एरिया समिति गठन गरिएको छ । जस्माः उपाध्यक्ष– राजु बोहोरा, सचिव– जगत बहादुर सिंह, सहसचिव– पदम बहादुर सिंह, कोषाध्यक्ष– लाल बहादुर शाही रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः डम्बर बहादुर सिंह, पदम बहादुर शाही, सोनु सिंह, दिल बहादुर सिंह र वैकल्पिकमा अशोक शाही, गोपाल खत्री, जंग बहादुर घर्ती र नरेन्द्र बहादुर सिंह रहेका छन् । भेलाले शंकर उपाध्याय, नन्दलाल उपाध्याय, धन बहादुर धामी, अर्जुन घर्ती, बिष्णु सिंह र डम्बर बहादुर शाहीलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार