कोट्टयाममा अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न

धर्मराज शर्मा,

कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गतका एरिया तथा टोलहरु बिच भर्चुअल माध्यमद्वारा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

समाजका अगुवा कार्यकर्ताहरु पेशेवर कार्यकर्ता कुलबहादुर थापाको विशेष उपस्थितिमा सो भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा भारत प्रवासमा संगठनको आवश्यकता, कार्यकर्ताहरुको भुमिका र अनुशासनका विषयमा प्रशिक्षण दिइएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रम नगर अध्यक्ष धर्मराज शर्माको सञ्चालन र चोबनाथ शर्माको अध्यक्षताबाट अगाडि बडेको थियो । कार्यक्रममा शोषित पिडित मजदुरहरुका हकहित र अधिकारहरुप्रति आहुति दिने ज्ञात–अज्ञात सम्पुर्ण शहिदहरुप्रति एकमिनेट मौनधारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार