कोट्टयाममा महिला भेला सहित नारी दिवश मनाइयो

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायाम नगर समिति र महिला विभागद्वारा आयोजित ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च महिला दिवस सम्पन्न पारिएको छ । दुई चरणमा सञ्चालन गरिएको पहिलो चरणमा ८ मार्च महिला दिवसको महत्व, महिलाहरुका हक, हित, समृद्धि र अधिकार प्राप्तिका बिषयमा केन्द्रीत रहि कार्यक्रम सम्पन्न पारिएको थियो ।

बालिका देवी शर्माको सञ्चालन, खुमादेवी शर्माको अध्यक्षता र मूल प्रवाह केन्द्रीय समितिका सल्लाहकार चोबनाथ शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय वैकल्पिक सदस्य भद्र बहादुर श्रीष थापा र क्षेत्रीय सल्लाहकार एवं नगर अध्यक्ष धर्मराज शर्माले अतिथि आसन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि लक्ष्मी पौडेल र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

रुपा देवी पौडेल, लालचंद्र शर्मा, प्रेम शर्मा, गणेश परियार, हरी पौडेल, मनोज जिसी, भद्र बहादुर श्रीष थापा, एकराज पौडेल, धर्मराज शर्मा, विश्व बहादुर खड्का, राजु बोहरा, लिल बहादुर केसी, टिकाराम सुबेदी, चोबनाथ शर्मा, आलोक म्याकमिलन, देवी अधिकारी, खिरमाया थापा र डिलमाया बिक लगायतले श्रमिक महिला दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनुभएको थियो ।

दोस्रो चरणको कार्यक्रममा यसै समिति अन्तर्गत महिला विभागको भेला सम्पन्न भएको थियो । खिरमाया थापाको संचालन र लक्ष्मी पौडेलको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सल्लाहकार चोबनाथ शर्माले नयाँ समितिको घोषणा गर्नुभएको थियो ।

जसमाः अध्यक्ष– खिरमाया थापा, सचिव– बालिका देवी शर्मा, कोषाध्यक्ष– खुमा देवी शर्मा, सदस्यहरुमा क्रमशः धन कुमारी केसी, लक्ष्मी पौडेल, रुपा पौडेल, देवी अधिकारी, पुष्पा देवी शर्मा र डिलमाया विक रहनुभएको छ ।

नयाँ समितिलाई धर्मराज शर्मा, मनोज जिसी, बालिका देवी शर्मा, चोबनाथ शर्मा, भद्र बहादुर श्रीष थापा र टिकाराम सुवेदीले सफल कार्यकालको शुभकामना दिनुभयको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार