कोट्टयाममा वनभोज कार्यक्रम

धर्मराज शर्मा, केरला ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले वनभोज कार्यक्रम आयोजना गरेको छ । केरला राज्यको रमणीय स्थान रामकलमेडुमा वनभोजको आयोजना गरिएको हो ।

कोभिड–१९ संक्रमण र लकडाउनको कारण धेरै नेपाली करिब एक वर्षसम्म आफ्ना कार्यक्षेत्रदेखि बाहिर निष्किन साथै साथीभाई ईष्टमित्रहरु बिचको भेटघाटबाट बञ्चित हुनपर्ने बाध्यात्मक अबस्थामा पुगेका थिए । हाल केरला राज्य सरकारले लकडाउनलाई सामान्य अवस्थामा बनाएको मौकामा नेपाली परिवार बाल बच्चाहरुको निरास्ततालाई चिरफार गर्दै अगाडि बढ्न उक्त वनभोज कार्यक्रम आयोजना गरिएको थियो ।

केरला कोट्टयाम नगर अन्तरगतका विभिन्न कार्यक्रमले आगामी दिनहरुमा जनमानसहरुबीचको सौहार्दतालाई अझै सरल्ताका साथ भेटघाट र मूल प्रवाहका हरेक कार्यक्रमहरुमा थप टेवा दिनेछ भन्ने आशा र विश्वास राखिएको छ ।

वनभोज कार्यक्रम सुरक्षित, भब्यतातापूर्वक सम्पन्न पार्नको लागि भद्रबहादुर थापा, मनोज जिसि, धर्मराज शर्मा र चोबनाथ शर्मा रहनु भएको व्यवस्थापन समिति चयन गरिएको थियो । त्यस्तै मेसमा भद्रबहादुर थापा, टिकाराम सुवेदी, शिव नेपाली रहनु भएको थियो भने घुमघाम केयरिङमा धर्मराज शर्मा, हरिप्रसाद पौडेल, मजोज जिसि रहनु भएको थियो । आय व्यय व्यवस्थापनको लागि धर्मराज शर्मा, टिकाराम सुवेदी, मनोज जिसि र भद्रबहादुर थापा रहनु भएको थियो ।

कार्यक्रमको अन्तिममा आय व्यय व्यवस्थित गरि धर्मराज शर्माले सम्पूर्ण वनभोज कार्यक्रममा सहभागी हरुबिच घोषणा गर्नुभएको थियो । उक्त कार्यक्रम आयोजना गरेकोमा कोट्टयाम नगर समिति र आयोजकलाई धन्यबाद प्रकट गर्दै आगामी दिनहरुमा पनि टुरको व्यबस्था मिलाउनु पर्ने सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार