कोयम्बटोरमा रनिङ शिल्ड भलिबल खेलकुद प्रतियोगिता सम्पन्न

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा २०२० सालको पहिलो चौमासिक रनिङ शिल्ड भलिबल खेलकुद प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।
नगर सचिव चन्द्र प्रसाद पौडेलको सञ्चालन र गोपाल शर्माको अध्यक्षतामा अगाढी बढेको थियो । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापा, राष्ट्रिय जनमोर्चा पोखरा माहा नगरपालिका सचिव हरि बहादुर राना, मूल प्रवाह द.भा.क्षे.स.का सदस्य बिरे थापा, केन्द्रीय पार्षद सदस्य रविशंकर शर्मा, कोयम्बतुर नगर समितिका अध्यक्ष नरेन्द्र कुमार नेपाली र खेलकुद बिभाग कोयम्बतुरका संयोजक राम बहादुर शेनको अतिथि आशन ग्रहण पछी ज्ञात–अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पश्चात कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई नगर अध्यक्ष नरेन्द्र कुमार नेपालीले स्वागत गर्नुभएको थियो भने बहादुर राना र रविशंकर शर्माले शुभकामना दिनुभएको थियो ।
प्रमुख अतिथि कुल बहादुर थापाले भलिबल खेलको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उद्घाटन मन्तव्य दिंदै थापाले खेलाडीहरु अनुशासित रुपमा अगाडि बढे मात्रै उनी
हरुको भविष्यको यात्रा तय गर्ने बताउनु भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुलाई खेल, राजनीतिक, दर्शन तथा सामाजिक सद्भाव समेतको विकासमा खास रुपमा प्रशिक्षित गर्नुको कारणले नै स्वदेशको राजनीतिकमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा पुगेको बताउनु भयो ।
उक्त भलिबल खेल तर्फ ९ टिम ले भाग लिएका थिए । अरसुर एरिया समिति (ए) टिम प्रथम, टाउन हल एरिया समिति द्वितिय र अरसुर एरिया समिति (वि) टिम तृतिया भएका थिए । अरसुर एरियाका विष्णु नेपालीले उत्कृष्ट र टाउनहलका पूर्ण थापाले अनुशासित खेलाडीको पुरस्कार प्राप्त गर्नुभएको थियो । विजयी टिम तथा खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाण पत्रद्वारा प्रमुख अतिथि कुल बहादुर थापा, अतिथि हरि बहादुर राना, बिरे थापा, रविशंकर शर्माले पुरस्कार प्रधान गर्नुभएको थियो । रेफ्री राम बहादुर शेन र किसन बस्याललाई समेत मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । खेलमा बिजयी टिम तथा खेलाडीहरुलाई क्षेत्रीय सदस्य बिरे थापाले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार