कोरोनाको डर त्रासबाट बंचे तर हार्ट अटेकले लग्यो

बढ्नी, २४ मई । कोरोना संक्रमणको डर त्रास र लकडाउन कै कारण गुमाएको रोजगार पछिको अभावले लिन नसकेको ज्यान नेपाल बोर्डर नजिक पुगेर गुमाए अर्घाखाँचीका ३५ वर्षीय युवक कृष्ण बहादुर गैरेले ।

अर्घाखाँची ढिकुरा निवासी लोक बहादुर गैरेका छोरा कृष्ण बहादुर गैरेले गुजरातको अहमदावादमा रोजगारी गर्दै आएका थिए । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र त्यसलाई रोकथामका लागि सरकारद्वारा लगाइएको लकडाउनका कारण आम मजदुरहरु सरह कृष्णले पनि रोजगारी गुमाएका थिए ।

यो लामो लकडाउनको कारण कैयौं समस्या र व्यवधानका बाबजुध उनी २२ तारिक दिन गुजरात अमहदावाददेखि आफ्नो वतन फर्किनका लागि बसमा यात्रा गरि भारत–नेपाल सीमाना बढ्नी बोर्डरको नजिक रहेको पचपेडवा पुग्दा आइतबार विहान करिब ४ बजे कृष्णले ज्यान गुमाएको प्रत्यक्ष दर्शिहरु बताउँछन् । उनीहरुका अनुसार उनले हार्ट अटेकका कारण ज्यान गुमाएको हुन् ।

उनको आइतबार विहान स्वदेशबाट आएका आफन्तहरुको उपस्थितिमा पोष्टमार्टम गरि शव स्वदेश पुर्याइएको हामीलाई कमल रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार