कोरोनाबाट पाण्डेचेरीमा बाग्लुङका बाबुराम शाहनीको निधन

पाण्डेचेरी । स्वदेश बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका १४ कैंया निवासी, पिता गौर सिंह शाहनीका जेष्ठ सपुत्र बाबुराम शाहनी बर्ष ६० का, दक्षिण भारत पाण्डिचेरी स्थित भारत सरकारको बन्दरगाँह विभागमा जागिर गर्दै आउनु भएको थियो । गत मार्च महिनाको ३१ मार्च २०२१ गते जागिरबाट आवकास हुनुभएको थियो ।

वहाँ कोरोना भाईरसद्धारा संक्रमित भई पाण्डिचेरीस्थित सरकारी ईन्द्रगान्धी मेडिकल कलेज (काध्रिकावम्) मा १६ दिनदेखि उपचारत हुनुहुन्थ्यो । २६ मई २०२१ विहान ९ बजे शाहनीको दुखद निधन भएको छ । वहाँ लामो समयदेखि सुगर (डाईभेटिज) बाट पनि पिडित हुनुहुन्थ्यो । वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका शुभचिन्तक हुनुहुन्थ्यो । हाम्रो संगठनमा विभिन्न प्रकारले सहयोग पुराउँदै आउनु भएको थियो ।

वहाँको पार्थिप शरिरको ब्यवस्थापनमा आवाश्यक प्रशासनिक प्रकृयाहरु पूरा गरि दाहसंकार गरिएको छ । उक्त दाहसंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सचीव एवम् पाण्डिचेरी नगर अध्यक्ष जनकराज पौडेल, उपाध्यक्ष नरबहादुर केसी, सचिव गोविन्द शर्मा, सदस्य भद्रबहादुर जिसी, मृतकका आफन्त भाई वीर बहादुर शाहनी, छोरा सुरज कुमार शाहनी, प्रेम केसीको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार