कोरोनालाई जितेर फर्किए सञ्जु विसा मगर

गुडगाव । विश्वमा सिंगो मानव जातिलाई नै चपेटमा ल्याएको कोरोना भाइरस (कोविड–१९) ले सर्वत्र डर त्रासबाट बाँच्न विवश पारेको छ । यो महामारीको संक्रमणबाट कुनै मान्छे निको भएर घर फर्किंदा जो कसैलाई पनि हर्षको अनुभूति हुन्छ । यतिवेला यस्तै अनुभूति गरिरहेको छन् सञ्जु विसा मगरले । कोरोना संक्रमणका विरुद्ध विजय प्राप्त गरेका सञ्जु खुल्ला आकाश मुनी खुशीको चेहेरा प्रस्तुत गर्दै छन्, आजाद पंछिले जस्तै ।

३० अप्रेल २०२० का दिन कोरोना संक्रमित देखिएका सञ्जु विसा मगर २५ मई २०२० का दिन कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् । उनी पाल्पा निस्दी गाउँपालिका ७ ज्यामिरे निवासी करमवीर सिंह विसा मगरका छोरा हुन् ।

देशमा रोजगारको अभावका कारण अरुहरुले जस्तै भारत प्रवासमा आएर कलिलो उमेर मै सञ्जुले पनि होटेलमा जागिर गर्दै आएका थिए । त्यहीं काम गर्दैगर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो । उनको होटेल मालिकको कोरोना संक्रमणबाट केही हप्ता पहिला निधन भइसकेको छ ।

उनी यतिवेला हरियाणाको गुडगावमा आफन्तको घरमा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार