कोरोना पोजेटिव भण्डारीको दाहसंस्कार

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा कोरोना पोजेटीव शालिकराम भन्डारीको दाहसंस्कार गरिएको छ । भण्डारीको निधन भएको २ दिन पछि कोरोना पोजेटिव पुष्टि भएको थियो ।

फलेवास नगरपालिका २, देवीस्थान पर्वत निवासी चुडामणी भण्डारीका छोरा चेन्नईको पोष्ट अफिसमा कार्यरत बर्ष ५९ का शालिकराम भण्डारीको ८ जुलाई २०२० का दिन करिव ४ः०० बजे विहान हृदयघातका कारण डेरा मै दुःखद निधन भएको थियो ।

भण्डारीलाई केरोना भाइरससँग सम्बन्धित लक्षणहरू देखापरेकाले मृत शरिरको कोरोना परिक्षण रायपेटा सरकारी हस्पिटलमा पठाइएको थियो । रायपेटा हस्पिटलले २ दिन पछि कोरोना पुष्टि गरेको थियो । तत्पश्चात ११ जुलाई २०२० का दिन करिब ३ः०० बजे अपराह्न चेन्नईको कैलाशपुरममा मृतक भण्डारीको (कोविड– १९) को नियम अनुसार अन्तिम दाहसंस्कार गरिएको छ ।

कोविड–१९ का कारण धेरै जनालाई बोलाउन नमिल्ने हुँदा केवल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय सदस्य उमानन्द आचार्य, संगै काम गर्ने नारायण सिंह, छिमेकी युवराज शर्मा र छोरी रिता देवी भण्डारीको उपस्थितिमा अन्तिम बिदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार