कोरोना संक्रमण काल र सामाजिक सञ्जालको प्रयोग

तारा सोमारे

विश्वभरी फैलिएको (कोविड–१९) कोरोनाको महामारीले शक्तिशाली राष्ट्र सहित साना देशहरुको अर्थतन्त्रको साथै देशको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा कार्य गर्ने सामाजिक संगठन, राजनीतिक पार्टी, व्यवसाय, दैनिकी कार्य गरेर खाने ज्यालादार मजदुर लगाएत सम्पुर्ण क्षेत्रमा यसले ठूलो क्षती पुर्याएको छ ।

कोरोनाले भारतमा नेपालीहरुको अभिभाविकिय रुपमा श्रमजीवी नेपाली जनताको दुःख सुखमा सहभागी भई कार्य गर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको निरन्तरता जनतालाई जागरुक गर्दै चेतनाको विकास गर्दै जनताको घरदैलो र जनहितका कार्यक्रमहरुमा पनि ठूलो प्रभाव पारेको छ ।

मूल प्रवाह भारत भरिनै फैलिएको सामाजिक संगठन हो । भारतका विभिन्न राज्यहरू हरियाणा, पंजाब, राजस्थानको केही भाग सहित सुदुरपश्चिमोउत्तर क्षेत्रीय समिति अन्तर्गत चल्ने विभिन्न जिल्लाहरुमा जस्तै हिसार जिल्लामा पनि बलियो संगठन निर्माणको साथ श्रमजीवी नेपालीहरु घनत्वरुपमा बसोबास गर्ने क्षेत्र हो । यहाँ होटल, कैटरिंग, चौकिदारी, घरेलु कामदार, थोरै साथिहरु आफ्नो व्यावसायिक तथा केहि साथिहरु सरकारी नोकरी, प्राईभेट लिमिटेड कम्पनिहरुमा कार्यरत गर्नु हुन्छ ।

कोविड १९ को महामारीमा अन्य क्षेत्रहरुमा जस्तै यहाँ पनि ठूलो असर पारेको छ । सानो तिनो रोजगारी गरि आफ्नो घरको जिविका चलाउनु भएका श्रमजिविहरुको लागि भोकभोकै बस्ने अवस्था सिर्जना भएको छ ।

यस्तै सामाजिक संगठन मूल प्रवाहलाई पनि असर पारेको छ भने केही सामाजिक संजाल द्धारा चलाएका कार्यक्रमहरु द्धारा कार्यकर्ताहरुको निखार ल्याउन मद्दत पुगेको अनुभुती हुुन्छ । प्रत्यक्ष कार्यक्रम ८ मार्च २०२० देखि यता सबै कार्यक्रम स्थगित भए पनि २२ मार्च २०२० देखि सरकारद्धारा गरिएको लडाउनसँगै नगर, एरिया, विभागहरुको संयुक्त पहलमा सामाजिक संजालद्धारा कार्यक्रम गर्ने निर्णय सहित झंडै २ महिना भएको लकडाउनमा संगठन, राष्ट्रिय तथा समसामयिक बिषय लिएर दैनिकी रुपमा कार्यक्रम सप्पन्न भएका थिए । समय– समयमा केन्द्रिय स्तरका साथिहरूको मद्धत लिएर प्रशिक्षण कार्यक्रमको साथ समयलाई सदुपयोग गर्दै आएका थियौं ।

दैनिक रुपमा सञ्चालन हुने कार्यक्रम दिउँसो ३ बजे देखि ६ बजेसम्म संगठनका बिषयमा छलफल कार्यक्रम गरेका थियौं भने रात्री ९ बजेदेखी ११ बजेसम्म मनोरञ्जन बिषयमा जस्तैः गाउँखाने कथा, सामान्य ज्ञान प्रश्न उत्तर रक्तिमका गित, गजल जस्ता बिषयलाई लिएर झंडै पाँच महिनादेखि निरन्तर कार्यक्रम गर्दै आएका छौं ।

यसरी कार्यक्रम गर्दा दुईवटा सकारात्मक पक्ष भएको मलाई महशुस भएको छ । प्रथम कोरोनाको महामारीको दौरान एकान्त बस्दा अत्यन्तै त्रास भएको थियो, सबै कार्यकर्ताहरुसँग प्रत्यक्ष भेटघाट हुन सक्ने अवस्था थिएनन् । सामाजिक संजालद्धारा एकसाथ साथिहरूको दिनचर्यालाई साझा गर्दा मानसिक रुपमा भएको टेन्सन मुक्त गर्ने कार्य भयो भने अर्को हिज बिहान कार्यक्रममा मञ्चमा आएर बोल्न अभ्यास नभएका कार्यकर्ता साथिहरूलाई भरपुर बोल्ने अवसरको साथ मनोबल बढाउने कार्य गर्यौं । हाम्रो बिचमा केही साथिहरू मञ्चमा आफ्नो मन्तव्य राख्ने बिकास गर्नु भएको थियो ।

आज धेरै साथिहरू आवश्यक परेमा आफ्ना विचारहरु राख्न सक्नु भएको छ । यसले व्यक्तिगत विकासको साथ आउने दिनहरुमा संगठन कार्यमा पनि ठूलो मद्दत पुर्याउँने छ । सबैभन्दा राम्रो पक्ष भनेको ग्रुप कार्यक्रममा पुरुष साथिहरु भन्दा बढी महिला साथिहरूको भुमिका महत्वपूर्ण रह्यो । महिला दिदिबहिनीहरुको अत्यधिक मात्रामा आफुलाई अगाडी ल्याउन सफल हुनु भएको छ ।

लकडाउँन पछि फेसबुक, म्यासेजन्जर चलाएर दिनचर्या बिताउँने साथिहरू कार्यक्रम सञ्चालन गर्ने निर्णय पछी गुगल, पुस्तकहरूमा राखेको बिषयलाई आत्मसाथ अध्ययन गर्न लाग्नु भयो जसले गर्दा अध्ययन, लेखन कार्यमा आलस गर्ने साथिहरू निरन्तर गित, कविता, गजल सहित समसामयिक बिषयमा लेख्ने क्रममा धेरै सफल पनि हुनु भएको छ ।

कोरोनाबाट संगठन कार्यमा केही असर पनि देखिएको छ । जस्तै निरन्तर जनताका बिचमा पुगेर संगठन निर्माण कार्य सुस्ताएको छ, भने आँठ मार्च, एक मइ हरितालिका तिजि कार्यक्रम अत्यन्तै सभ्य र भब्य रुपमा सप्पन्न हुँदै आएका कार्यक्रमहरु स्थगित गर्नु परेको छ । कार्यक्रम स्थगित र जनताका बिचमा निरन्तर पुग्न परिस्थिति अनुकुल नहुनु केही संगठन बिस्तारमा कमि देखापरेको छ । २०१९ को तुलानामा सदस्यता नविनिकरणदेखि जनहित कार्यक्रममा पनि ठूलो असर परेको छ ।

“देरसे आए दुरुस्त आए” भने जस्तै अबको केही महिना पछि महामारीको दवाई बजारमा आउना साथ कार्यकर्ताहरू हिजको दिनहरुमा जस्तै काधमा काध मिलाएर निरंतरता संगठन बिकास कार्यमा आफ्नो महत्वपूर्ण भुमिका निभाउन सहयोग पुर्याउनु हुनेछ भन्दै सबै साथिहरूको सुस्वास्थ लाभको कामना गर्दछु । साथै सामाजिक संजालद्धारा चलाएको कार्यक्रम अत्यन्तै सफल र कार्यकर्ताको मनोबलको साथ चेतनाको बिकाससँगै यश कार्यक्रमद्धारा धेरै कार्यकर्ताको उत्पादन भएको छ । जसलाई आगामी दिनमा यसको सकारात्मक पक्ष रहने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार