कोहलपुर तनाव ग्रस्त, घाइतेलाई काठमाडौं रेफर गरियो

काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारी र प्रहरी विच झडप भएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएसँगै त्यहाँ तनाव बढेको हो ।

प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

आक्रोशित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ । घटनामा केही विद्यार्थी समेत घाइते भएका छन्। घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

विद्यालयतर्फ जादै गरेकी एक छात्रालाई ट्रकले किचदा विवाद उत्पन्न भएको थियो । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाका घाइतेलाई काठमाडौं लगियो :

दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी कोहलपुर नगरपालिका १० कि बालिका प्रकृती चन्दलाई थप उपचारका लागि काठमाण्डौं रिफर गरिएको हो । चन्दसँगै अन्य दुई जनालाई सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको हो । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार