क्रान्ती तिमि कति प्यारो

जनकराज पौडेल

दोष लगाउन पनि
तिम्रै नामको बैशाखि टेक्नु पर्ने
परिस्थिति अनुकूल नभए पनि
तिम्रै नाम लिनुपर्ने
तिम्रो नाम नै काफि छ
दोष लगाउने तर तिमीलाई
भेट्ने यात्रा शुरु पनि नगर्ने
शुरु गरे पनि
विचमै अलपत्र
पारिदिने
त्यसको परिणाम
तिम्रो आत्म बुझ्न नपर्ने
तर भ्रम सिर्जना गर्न तिम्रै नाम अघि सार्ने ।

साच्चै तिमिलाई प्यार गर्नेहरु
सुझबुज गरि अघि बढ्दै छन्
किन कि तिम्रो संरक्षण आफ्नो
दाहित्व ठान्दछन्
तिम्रो नामको आवरणमा
तिमिलाई प्रेम नाटक गर्नेहरु
धेरै आए गए तर तिम्रो
मात्र बद्नाम गरे
विचमा नै अलपत्र पार्ने
अरु कोशिस गर्दैछन्
तिम्रो आत्म र विचार
नबुझ्नेहरु
जबरजस्ती गर्ने छन्
तिम्रो संरक्षण गर्न हुँदै होईन
अरु कमजोर पार्ने षडेयन्त्र गर्दैछन् ।

तिमि जब मजबुद हुँदै जाने छौ
तिम्रो आत्मले महशुस गर्ने छ
तिमिलाई छेकेर पनि रोकिने छैनौ
आँधि हुरी ज्वारभाटासँग
आफै जुद्ने छौ
युग परिबर्तनमा तिमि ढल्की नाच्ने छौ
तिम्रो नाम परिबर्तनको उच्च श्रेणिमा हुनेछ
सारा जगत तिम्रो संरक्षणमा लाग्ने छ
तर मौसमीहरुले तिम्रो नाममा
भ्रम सिर्जना कोशिस गर्नेछन्
तिमिलाई कमजोरी बनाउँदै
नितान्त स्वार्थ देख्नेछन् ।

तिमि सतर्क हुँदै जानु
तिम्रो संरक्षण होईन
बद्नाम गर्न उद्तछन्
किन कि तिम्रो आत्म मजबुद छैन
तिमि कमजोर छौ
तिमिलाई किच्नेहरु धेरै आए
तिमि पिसियौ थिचियौ
त्यसैले कमजोर भयौ ।

तिमि शुन्दर छौ तिमि थिचिदाँ
तिम्रा असल मित्रको मन दुख्ने छ
तिम्रो नाम बद्नाम गर्दा
आक्रोश उठ्ने छ
तिमि शुन्दर विकल्प रहित पनि
भ्रमबाट सधै सावधानी रहनु
तिमि परिपक्क हुदाँ
तिम्रा असल साथी
संगै हुनेछन्
एक दिन
नयाँ युगको पर्दा खोलिने छ
तामझाम सहित
सारा संसार ढल्कि नाच्ने छ
तिम्रो नाम युगयुगसम्म अमर रहनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार