क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आए पछि सबै उत्साहित

दाङ । बंगलाचुलि ३ श्रीबारीमा रहेको श्री महेन्द्र माविमा रहेको क्वारेन्टाइनमा ११६ जनाको नेगेटिभ आए पछि सबै उत्साहित भइ खाना पकाउने भान्सेलाई आर्थिक सहयोग गरेका छन् ।

आर्थिक सहयोग गर्नेहरु सुशील परियार रु. २००, पुनाराम खत्री रु. १०० देबिराम खत्री रु. ५० चन्द बहादुर बुढा रु. ५० लगायत ५०/२० गरि जम्मा रु ४ हजार ८४ रुपैयाँ सहयोग गर्नु भएको छ । सहयोग गर्नेहरुमा ९३ जना छन् ।

क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआर नेगेटिभ आए पछि सबै खुसी हुँदै बंगलाचुली गाउँपालिका जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी र वडा अध्यक्ष शोभाराज विश्वकर्माहरुलाई स्टार बंगलाचुली युवा क्लवका अध्यक्ष तथा समाज सेवक सुशील परियारले धन्यवाद दिंदै आगामी १४ दिनसम्म होम क्वारेन्टाइन रहन सबै माझ अपिल गर्नुभएको छ ।

आजसम्म पकाएर खुवाउनु भएकोमा भांसेहरुप्रति धन्यवाद तथा सम्मान प्रकट गर्दै सबै सचेत रहि आएको र आगामी दिनमा सबैलाई सचेत गराउनु पर्ने र गाउँ घरमा पनि सबैले आफू पनि बाचौं, अरुलाई पनि बचाउ भन्ने उदेश्य राख्न क्वारेन्टाइनमा बसेकाहरुले सम्पूर्णलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार