क. गोञ्जालोको जीवन प्रतिरक्षा र पेरू क्रान्तिको समर्थनमा संघर्ष

# केरसिंह अदै#

पेरू कम्यूनिष्ट पार्टी (साइनिङ्ग पाथ) का अध्यक्ष क. अभी माइल गुजमान, गोञ्जालोको हालै पेरुको कारागारमा निधन भएको छ । उहाँलाई सन् १९९२ सेप्टेम्बर १३ तारिखमा त्यहाँको तत्कालीन राष्ट्रपति अलवर्ती फुजीमोरीले गिरफ्तार गराएका थिए । पेरुको क्रान्ति सफलता तर्फ उन्मुख हुँदै गए पछि अमेरिकी साम्राज्यबादले लागु औषध, तस्करीको बिल्ला भिराएर जेल चलान गरेको थियो । २८ वर्ष पछि ८६ वर्षको उमेरमा क. गोञ्जालोको जेल मै निधन भएको छ । यतिवेला उनको मृत्यु भएपनि संसार भरिका कम्यूनिष्ट मुक्तिकामी जनताले उनको विचार, सिद्धान्त मर्ने छैन, भन्दै भावपूर्ण श्रदाञ्जली अर्पण गरिरहेका छन् ।

पेरुको कम्युनिष्ट पार्टी साईनिङ पाथले मालेमाबादको सिद्धान्त अनुसार सन् १९८० देखि त्यहाँको अर्धसामन्ती, अर्धऔपेनिबेसिक, व्यवस्थालाई समाप्त पारी, नयाँ जनवादी व्यवस्था स्थापना गर्न सबै खाले प्रतिक्रियावादी र अवसरवादीहरूको विरुद्ध सशस्त्र संघर्ष सुरु गरेको थियो । सन् १९८५ सम्ममा धेरै आधार इलाका बनाई सकेको थियो, भने तत्कालीन पेरुको गर्सिया सरकारले पेरू कम्यूनिष्ट पार्टी, साईनिङ पाथका गुरिल्लाहरुलाई आतंककारीको संज्ञा दिएर जेल कोचेको थियो । ४०० गुरिल्ला मारिसकेको र १० हजार जनताको हत्या गरिसकेको थियो । प्रसिद्ध महिला नेतृ प्रोफेसर मेचे र अन्य दुई जनालाई बेपत्ता पारेको थियो ।

सन् १९९२ मा पेरू कम्निस्ट पार्टी साईनिङ पाथका अध्यक्ष क. गोञ्जालोलाई तत्कालीन राष्ट्रपति अलवर्ति फुजिमोरीले अमेरिकी साम्राज्यबादको इशारामा गिरफ्तार गरी बन्दि बनाए, संसार भरिका कम्यूनिष्ट सर्वहारा वर्गको आस्थाको केन्द्र बिन्दु बनेको पेरुको जनक्रान्तिको समर्थन, क. गोञ्जालोको रिहाई र जीवन रक्षाको लागि राष्ट्रिय, अन्तर्राष्टिय स्तरमा संघर्ष भएका थिए ।

सन् १९८५ को जुलाईमा नेकपा (मसाल) को आयोजनामा पेरू क्रान्ति समर्थन समिति गठन गरिएको थियो । भारतको फरिदाबादमा नेकपा (मसाल) पेरुका प्रतिनिधिहरू, सीपीआई एमएलका प्रतिनिधीहरु, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय समिति, भारतीय मजदूरहरू गरी ५०० जनाको सहभागिता रहेको भेलामा पेरूबाट आएका प्रतिनिधिहरुले पेरुको जनक्रान्तिको चित्रहरू, प्रदर्शन गरेका थिए । नेपालबाट आएका रक्तिम कलाकारहरुले पेरू क्रान्ति समर्थनमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । नेकपा (मसाल) का महामन्त्री क. मोहनविक्रम सिंहले पेरुको जनक्रान्तिको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

अमेरिकी साम्राज्यबादले पेरुको जनक्रान्तिलाई दबाउन, लागु औषध विरुद्ध युद्ध भनेर बहाना बनाई सैनिक हस्तक्षेप बढाउँदै आएको बेला तत्कालीन क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन, रिमले विश्वव्यापी रूपमा यांकी गो होमको नारा दिएर पेरुको जनक्रान्तिलाई सघाउन अपिल गरेको थियो । सन् १९९० डिसेम्बरमा ६ वटा समुहहरुको सहभागितामा भारतको मद्रासमा विशाल प्रदर्शन भएको थियो । पेरुको क्रान्ति जिन्दाबाद, नेकपा (मसाल) जिन्दाबाद, भारतीय बिस्तारबाद मुर्दाबाद, संसारका मजदुर एक हौं, जस्ता गगनवेदी नारा लगाउँदै अमेरीकी कोन्सुलेट अफिसमा पुगेर सभामा परिणत भएको थियो ।

नेकपा (मसाल)ले पेरू क्रान्ति समर्थन र ऐक्यवद्धताको लागि नेपाल र भारतमा सन् १९९१ ५ अक्टुबरमा संघर्षको कार्यक्रम घोषणा गरेको थियो । त्यस अनुसार बम्बईमा ६ वटा समुहहले संयुक्त प्रदर्शन गरेका थिए । दिल्लीमा हरियाणा पंजाब, युपी, हिमाचल प्रदेशबाट प्रदर्शनकारीहरू आएर दिल्लीको अमेरिकी दूतावास अगाडि विशाल प्रदर्शन गरेका थिए । नेकपा (मसाल) र भारतबाट अमेरिकी दूतावासमा ज्ञापन पत्र बुझाएका थिए । नेकपा (मसाल) को आयोजनामा गाञ्जालो प्रतिरक्षा समिति, नेपाल गठन गरिएको थियो ।

२०४९ साल माघ ३ गते बुटवलमा विशाल प्रदर्शन भएको थियो । हस्पिटल लाइनबाट, अमेरिकी साम्राज्यबाद मुर्दाबाद, क. गोञ्जालोलाई रिहाई गर, फूजीमोरी सरकार मुर्दाबाद, अन्तर्राष्ट्रिय सर्वहाराबाद जिन्दाबाद भन्दै ब्यानर, गोञ्जालोको फोटो, प्लेकार्ड, बोकेर हाट बजार हुँदै यातायात मजदुर भलाई कोषको हलमा पुगेर सभामा परिणत भएको थियो । देशभर रक्तिम गीत घन्किएको थियो । विविध कार्यक्रम सम्पन्न गरिएको थियो ।

सन् १९९२ मा पेरू कम्यूनिष्ठ पार्टी साईनिङ पाथका अध्यक्ष क. गोञ्जालोलाई रिहाई र जीवन रक्षाको लागि सेप्टेम्बर १४ मा काठमाडौं र दिल्लीमा प्रदर्शन गरिएको थियो ।

काठमाडौंमा दिनानाथ शर्मा र दिल्लीमा क. चित्र बहादुर केसीले नेतृत्व गर्नु भएको थियो । दिल्लीमा पेरू राजदुताबास पुगेर ज्ञापन पत्र बुझाइएको थियो, ओ यांकी गो होम, क. गोन्जालोलाई रिहाई गर, पेरू क्रान्ति जिन्दाबाद, नेकपा (मसाल) जिन्दाबाद आदि नाराले दिल्ली र काठमाडौं गुञ्जÞयमान भएको थियो । २६ फेबु्रअरी १९९२ मा पनि दिल्लीमा प्रदर्शन भएको थियो ।

क. गोञ्जालोको जीवन रक्षाको लागि बनेको अन्तर्राष्ट्रिय आकस्मिक समितिले सन् १९९३ फेबु्रअरीमा जर्मनीमा क. गोञ्जालोको जीवन रक्षार्था, अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो । विश्वका ८०० प्रतिनिधिहरुले भाग लिएका थिए । नेपालको तर्फबाट अजय शर्मा र डा. बाबुराम भट्टराईले भाग लिएका थिए । सो समितिले नयाँ निर्देशक समिति बनाई, अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम गर्ने, समितिहरू बनाउने निर्णय गरेको थियो । विश्वका मुक्तिकामी जनता, विश्वका कम्यूनिष्ट पार्टीहरू, मानव अधिकारकर्मीहरु, पत्रकार, लेखक, कलाकार, बुदिजिविहरुले क. गोञ्जालोको रिहाई र जीवन रक्षाको लागि पेरू क्रान्तिको समर्थनमा ऐक्यवद्धता जनाएका थिए ।

संसार भरिका मुक्तिकामी जनताका धरोहर क. गोञ्जालो आज हाम्रो सामु रहनु भएन, उहाँलाई मार्न साम्राज्यबाद सफल भए पनि, उहाँको विचार, सिद्धान्तलाई मार्न सक्ने छैनन् । आज विश्वका मुक्तिकामी जनताले साम्राज्यवाद विरुद्ध लड्ने उद्घघोष गरेका छन् । क. गोञ्जालो अमर रहुन् ।
(सन्दर्भ सामग्री ः नेपाली एकता दुई दशक विशेषाङ्क ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार