क.बहादुर सिंह वि.क. (सर्बहारा)प्रति भावपूर्ण श्रद्धांजली

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिका सदस्य बहादुर सिंह बिकको ३ जुलाई २०२० को राती करिब ११.३० बजे दुःखद निधन भएको छ । पाटन नगरपालिका ५, बैतडी निवासी वहाँ बेंगालोरमा कार्यरत थिए । स्वास्थ्यमा आएको समस्याका कारण हस्पिटलमा उपचार गराउने क्रममा वहाँको निधन भएको वहाँका सहोदर भाई दशरथ विकले जानकारी दिनुभएको छ ।

वहाँ एक मिलसार कर्मठ र जुझारू कार्यकर्ता हुनुहुन्थ्यो । वहाँले सन १९८२ देखि मूल प्रवाह र जातीय समाता समाजको सदस्यमा रहेर पञ्जाब र बेंगलोरमा संगठन निर्माणमा योगदान पुराउनु भएको थियो । वहाँको दुःखद निधनले मूल प्रवाहलाई अपूर्णीय क्षती पुगेको छ ।

वहाँको ४ जुलाईका दिन दाहसंकारको क. बहादुर सिंह शवलाई समाजका केन्द्रीय सदस्य मदन भण्डारी र क्षेत्रीय सहसचिव रामसिंह बिकले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा ओडाएर सम्मान प्रदान गर्नुभएको थियो ।
त्यस्तै क्षेत्रीय प्रतिनिधि धर्मराम बिक, क्षेत्रीय सल्लाकार सदस्य करन दयाल, दक्षिण नगर अध्यक्ष कृष्ण बिक, उत्तर नगर सदस्य धर्म पहरी, नगर सदस्य दिल बहादुर बिक, बिद्यार्थी केन्द्रीय सदस्य प्रकाश दयाल,द क्षेत्रीय सदस्य सन्तोष पहरी, नगर सदस्य गणेश बिक, अर्जुन टमटा, नरेस बिक, राम बिक, रमेश बिक, बिर बहादुर बिक, महिला नगर विभागकी अध्यक्ष पार्वती बिक, सदस्य मिना बिक र सहोदर भाई दशरथ बिक लगायतले पुष्पान्जली दिएका थिए ।

मृत बहादुर सिंहको शवलाई विल्शन गार्डेन संशानघाटमा अन्तिम बिधाइ गरिएको छ । बहादुर सिंहको सम्मानमा एक मिनेट मौनधारणका साथै शोकसभा गरिएको छ । शोक सभाको उद्घोषक करन दयालले गर्नुभएको थियो । केन्द्रीय सदस्य मदन भण्डारी, क्षेत्रीय सहसचिव रामसिंह बिक, वेंगलोर उत्तर नगर सदस्य धर्म पहरी र मृतकका भाई दसरथ बिकले शोक मन्तव्य राख्नु भएको थियो ।

यस दुःखद घडिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति मृतक बहादुर सिंहप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्नुका साथै शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार