खिम विक्रम शाहीको संक्षिप्त परिचय

आगामी २०७६ मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप निर्वाचनमा बागलुङ जिल्ला प्रतिनिधीसभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. (ख) मा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साझा उमेदवार खिम विक्रम शाही बागलुङ जिल्लाको सामाजिक काम र जनतान्त्रिक आन्दोलनका चिरपरिचित व्यक्ति हुन् ।

उपनिर्वाचनमा गिलास चिन्ह लिएर साझा उम्मेदवार बनेका खिम विक्रम शाही २०२७ साल असोज २६ गते बाबा हिरा बहादुर शाही र आमा चन कुमारी शाहीको कोखबाट दोश्रो सन्तानको रुपमा निसिखोला गाउँपालिका वडा नं. ४, बोहरागाउँमा जन्मिएका शाही विद्यालय जीवनबाटै विद्यार्थी आन्दोलन र खेलकुदमा सक्रीय थिए । प्रभा माध्यामिक विद्यालय बोहरागाउँमा प्रारम्भिक शिक्षा हासिल गरी उत्तर गंगा मा.वि. बुर्तिवाङबाट मा.वि. तह २०४६ सालमा सम्पन्न गरेका शाहीको उच्च शिक्षा भने अधुरै रह्योे ।

२०४० सालमा बाल संगठनमा संगठित भई राजनीतिक यात्रा शुरु गरेका खिम विक्रम शाही, विद्यार्थी कालमा अखिल (छैठौं)मा आवद्ध भई विद्यार्थी आन्दोलनमा सहभागी भएको बताउँछन् । २०४७ सालदेखि अखिल नेपाल युवक संघको जिल्ला समिति, बागलुङमा रहेर काम गर्दै जिल्ला समितिको उपाध्यक्ष समेत बनेका थिए । २०५४ सालदेखि अस्थायी शिक्षकका रुपमा प्रभा माध्यामिक विद्यालयमा शिक्षण गरेका शाही शाही राजनीति आन्दोलनमा सक्रिय थिए ।

२०६५ सालदेखि राष्ट्रिय जनमोर्चाको जिल्ला समितिमा रहेर काम गर्दै अएका शाही हाल सचिवालय सदस्य छन् । समाजमा हुने अन्याय अत्याचार र विभिन्न विभेदका विरुद्ध जुद्दै आए । शाही विद्यालय, जलविद्युत, स्वास्थ्य, सामुदायिक अध्ययन केन्द्र तथा बाटोघाटोको विकासमा समेत सक्रीय छन् । शाही शान्त स्वभावका एक सहयोगी, लगनशिल, क्रान्तिकारी र समाज समाजसेवी व्यक्तित्व हुन् । व्यक्तिगत समस्यालाई भन्दा सामाजिक समस्यालाई प्राथमिकतामा राख्दै देश, जनता र समाजप्रति समर्पित युवा नेता शाही पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थबाट टाढा छन् । शाही देश, जनता, पार्टी र न्यायिक आन्दोलनप्रति समर्पित निष्ठावान, मेहनति, इमान्दार, कर्तव्यनिष्ट र स्वच्छ छविको व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार