गजल : खबर साँचो छ

यो देश बेच्ने चल्दैछन् चाल खबर साँचो छ
सत्तामा बसी बुन्दैछन् जाल खबर साँचो छ
।।
नेपाल किन्न कम्मर कसी भित्रिय दलाल
भरेर थैला लिएर माल खबर साँचो छ
।।
शासक माथि बिस्वास गरौं हामीले कसरी
पैसामा बिक्ने देखिन्छ ताल खबर साँचो छ
।।
दिनहुँ हुन्छ दुश्मनसँग भोज र भतेर
होटल भित्र सजाई थाल खबर साँचो छ
।।
होसमा आउँ रहन्नौं हामी रहन्न नेपाल
सचेत युवा नबने ढाल खबर साँचो छ ।
।।
केशव गाहा पाल्पाली

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार