गजल : गदर उस्तैछ

सुरेश कुमार पाण्डे

देशभित्र अंझै नि कोरोनाको कहर उस्तैछ,
युवाहरुलाई बिदेश नगई नहुने कर उस्तैछ ।

कसलाई के भनौं जीवन त धान्नै पर्यो हामी,
आफ्नै देशको सरकारको पनि भर उस्तैछ ।

नऔषधी नउपचारछ नाम पनि कोरोना हो,
कति बेला लाग्छ त्यही भाईरस डर उस्तैछ ।

अरुको देशमा खोजि खोजि खोप लगाउने,
देशभित्र खोपमा पनि धांद्ली गदर उस्तैछ।

बिरोध गर्दा नि सुन्दैन सरकारले ढिड भयो,
हेरन गरिबको यो दिनौरातको डगर उस्तैछ ।

देश बिदेशमै कराएकाछन देशका नागरिक,
तर पनि सरकार लाई समेत वेअसर उस्तैछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार