गजल : जनता भ्रममा

सुरेशकुमार पाण्डे

यो देशको बिकाशमा बार बारेका पनि यीनै हुन्,
हरीयो बन फाडी नाङ्गेझार पारेका पनि यीनै हुन् ।

कुर्चि हत्थयाउँन ऐयासी गर्न नेता बन्नलाई ता,
एउटै सन्तानलाई लडाउन नारेका पनि यीनै हुन् ।

फौलाद पिटि रहँदा ता धारिलो हतियार बन्छ,
त्यस्तै देशका जनतालाई खारेका पनि यीनै हुन् ।

हैकम वादको छत छाँयामा उस्कै बिरुद्ध नारा,
जितेर गएपछि उनैसँग नै हारेका पनि यीनै हुन् ।

क्रान्तिको उर्बर भुमी बन्दै गएको देखे पछि नै,
हजारौँ हजार युवा शक्ति मारेका पनि यीनै हुन् ।

बुजुर्वाको किल्ला भत्काउँ भन्दै बम बारुद ले,
देशभित्रकै सम्पति सबै नि तारेका पनि यीनै हुन् ।

केनै गरेनन् यिनले साम्राज्यावादी ईसारामा नै,
बर्ग संघर्षको महान बिचार टारेका पनि यीनै हुन् ।

खोकलो नागरिकताले छिमेकीहरु नै भर्दैगए
युवाहरुलाई परदेश तिर झारेका पनि यीनै हुन् ।

किन मनाउँछन भ्रमछर्न माओ दिवश भन्छु म,
बर्ग संघर्षलाई नै जातिमा झारेका पनि यीन हुन् ।
२७/१२/२०१९,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार