गजल : दशैं–तिहार

हुने खानेलाई दशैं तिहार बबाल हुन्छ,
गरिबलाई के चार्डपर्व संधै बेहाल हुन्छ ।

दुखिलाई के मीठो मसिनो चुलो बल्दैन,
धनीलाई माछा मासु संधै फालाफाल हुन्छ ।।

गरिबको छोरा प्रदेश हिड्छ ऋणमा डुबेर,
धनिका छोरा गाउँमै लुट्छ मालामाल हुन्छ ।

सुखले जिउनेहरु मज्जाले दिन काट्छन्
दुखिलाई संधैको चिन्ता मृत्युनै अकाल हुन्छ ।

सर्वहारा कष्ट्ले जिउँछ, देशप्रति मायाँ छ
पुँजीपती नै भष्टछन्, देशै बेच्ने चाल हुन्छ ।

वीर बहादुर वि.क. हैदरावाद

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार