गजल : देश नै केक बनाएर काटे

सुरेशकुमार पाण्डे

देशलाई केक नै बनाएर काट्न थाले,
जनता माझ डुँङ्ग गनाएर काट्न थाले ।

कहाँ जाँदैछ हाम्रो समाज यो चालाले,
एक एक प्रदेश नै छनाएर काट्न थाले ।

हामी संघीयता फालेर अखण्ड रोज्छौँ,
आफुलाई दलाल जनाएर काट्न थाले ।

कुन रीति आयो मेरो देशमा अचेल हेरन,
देशलाई जनमदिन मनाएर काट्न थाले ।

उनै हुन् टनकपुर बेच्दै एमसीसी ल्याउँने,
देशमा संघीयता नै खनाएर काट्न थाले ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार