गजल : महिला हिंसा अन्त्य गरौं

  • केशव गाहा (पाल्पाली)

संगै जीउने र संगै मर्ने बाचा गरिन्छ
पछी तिनै नारीको अवहेलना गरिन्छ ।

छोरो जन्मिदा विजयी उत्सव हर्षोल्लास
छोरी जन्माउने नारी माथी हिंसा गरिन्छ ।

छोरा छोरी एउटै सन्तान भन्नु मात्र हो
एउटै गर्भको छोरिलाई पाखा गरिन्छ ।

सुरक्षित छैनन् नारिहरू गर्भमा पनी
सडकमा बलत्कार कोखमै हत्या गरिन्छ ।

कस्तो अन्ध भक्त भएका रहेछौंं है हामी
बलात्कारी बाट सुशासनको आशा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार