गजल : म बोल्दीन

वेगम कुंवर (चंडिगढ)

यो संसारमा किन छन घमण्डि व्यक्तिहरू
एक आपसमा मिल्छौ भने म बोल्दीन ।।

छोरा छोरी जात जाति किन गर्छौ अलग
सबै एक सम्मान हुन्छ भने म बोल्दीन ।।

धान रोपेर गोहुँ फल्छ भने मलाई आचार्य होला
तेल बिनाको दियो जल्छ भने म बोल्दीन ।

छोरी भनेर गर्वपतन गर्नेहरू जवाफ देउ
नारी बिना यो संसार चल्छ भने म बोल्दीन ।।

किन गर्छौ पैसाको बर्वाद, बिचारको विनास
तिमी आफै समझदार छौ भने म बोल्दीन ।।

एकल र एकतामा किन हुन्छ फरक
सबै कुरा तिमी बुझ्छौ भने म बोल्दीन ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार