गजल

  • सुरेशकुमार पाण्डे

लेख्न अलि अपठ्यारो भएको हुँदा,
शब्द जुटाउँन नि गारो भएको हुँदा ।

थोरै लेखेको छुँ हिजो आज म पनि,
स्वास्थ्य नि अलि सारो भएको हुँदा ।

जसरी तसरी कलम त चलाएकै छु,
कलम आँखाको तारो भएको हुँदा ।

जान त पर्छ सबैलाई यो संसार बाटै,
जीवन कालको उधारो भएको हुँदा ।

संघर्ष त गर्नैपर्छ बाँच्नको लागि नी,
जगत ज्ञानको कम्पारो भएको हुँदा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार