गजल

  • सुरेशकुमार पाण्डे

खालि दिमाख त सैतानको घर हुन्छ,
भन्छन काम गर्नेको मात्र कदर हुन्छ ।

त्यसैले म कलिलैमा लाहुरे भएकोहुँ,
बिनाकाम एक आना लिँदा डर हुन्छ ।

आमा हजुरले जस्तै दुःख गर्छु म पनि,
मलाई सदै यिनै दुई हातको भर हुन्छ ।

था छ मलाई नि ठोकरले दियो शिक्षा,
गरिबको पौरखले जगमग शहर हुन्छ ।

हो यहाँ मान्छे होईन काम मात्र प्यारो,
रगत र पसिनाले सिंचेको नगर हुन्छ ।

०६–०६–२०२१,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार