गजल

दिप गोले

फेरि ‘राजा आऊ, देश बचाऊ !’ कति लाजमर्दो कुरा !
दिसा पुछी फालेको लौरी फेरि टिप्ने लाजमर्दोका कुरा !

कति बेकुप छन् नेपाली समाज चाहियो भन्दै फेरि
सडक अनि सदनमा नाटक खेल्ने लाजमर्दोका कुरा !

सामान्तको नाइके हो भन्दै निकाल्यौ दरबारबाटै
फूलमाला पैर्याई भित्र्याउन खोज्ने लाजमर्दोका कुरा !

राजावादीहरू त्यसै आ,छैन् सडक अनि सदनमा
डलरको पोकोमा नाच नाच्ने लाजमर्दोका कुरा !

नेपालमा थुप्रै जन्मे माता अनि भविष्यवाणीहरू
आफ्नै भविष्य नदेखी अरूको बताउने लाजमर्दोका कुरा !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार