गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार उहाँलाई शनिबार अपरान्ह मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते सदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

तर, गुरुङले पनि जसपा महन्थ ठाकुर पक्षको पत्र र राष्ट्रिय जनमोर्चाका बर्खास्त सांसद कृष्ण थापाको पत्र लिएर मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो । त्यसविरुद्ध विपक्षी ३१ सांसदले प्रदेश प्रमुखको निवास अगाडि शनिबार धर्ना दिएका थिए ।

बहुमत सांसदहरुको हस्ताक्षर वेवास्ता गरेर प्रदेश प्रमुख र मुख्यमन्त्रीले प्रदेश सभा भंग गरेर मध्यावधि निर्वाचनमा जान लागेको भन्दै ब्यापक आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार