गण्डकीमा संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्र विफल भयौं : राजमो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको दाबी गरेका हुन् ।

प्रेस वक्तव्य

“गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको छ । गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष गरिरहेको थियो । केन्द्रमा संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस  जगतले असफल पारेका छन् । जुन स्वागतयोग्य कुरा हो । प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ तथा कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छौँ । यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।”

चित्रबहादुर के.सी.
अध्यक्ष

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार