गुजरातको दाहोदमा मूल प्रवाहको नगर समिति गठन

दाहोद, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समित अन्तरगत दाहोदमा केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थितिमा नगर समिति गठन गरिएको छ ।

लक्ष्मण राना मगरको सञ्चालन र प्रेमसिंह ठकुरीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई नारायण प्रसाद खनालले स्वागत गर्नुभएको थियो । भेलामा सहभागिहरुलाई केन्द्रीय सचिव बेद बहादुर कार्कीले संगठनको आवश्यकता तथा महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । भेलाले प्रेम सिंह ठकुरीको अध्यक्षतामा दाहोद नगर समिति गठन गरेको छ ।

जसमाः उपाध्यक्ष– नारायण प्रसाद खनाल, सचिव– लक्ष्मण राना मगर, सहसचिव– किशोर बिष्ट, कोषाध्यक्ष– प्रमलसिंह भाट रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः छबिलाल गुरुङ्ग, प्रेम गुरुङ्ग, रमेश बडवाल, धिरज बिष्ट, रमेश बिष्ट, मनोज बिष्ट, योगेश महरा, दिपक भण्डारी, बैकल्पिक सदस्यमाः प्रकाश थापा र प्रकाश गुरुङ्ग रहनुभएको छ । त्यस्तै भेलाले प्रकाश भाट र ललित रावतलाई सल्लाहकार चयन गरेको छ । नयाँ समितिलाई बेद बहादुर कार्कीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार