गुन हरामी धुर्त

  • जनक पौडेल (पाण्डेचेरी)

सिंहले लछार्दै लखेट्दै रहेको बेला
हामीसँग गुहार माग्यो
छिमेकी संझि बास बस्न दियौ
हामी मानवीय कर्तव्य पुरा गर्यौं
तर तिमि त्यसलाई फाइदा ठान्यौ
आखिर बस्न दिएको बास माथी
धुर्त आँखा गाड्यौ
त्यसैले तिमि गुन हरामी हौ ।

सयौं बर्ष तिमि गुलाम भयौ
अरुले नै निर्माण गरिदिएको देश
अनुनय विनयबाट पाएको देश
उपनिवेश सहित स्वतन्त्र देश
त्यसैमा फुर्ती गरिरहेका छौं
ईतिहासको मजाक गर्दैछौ ।

तिमिले पाउ परिरहँदा
हाम्रा पुर्खा नाङ्गो खूकुरी चम्काउँदै
चुनौती दिदै थिए स्वभाविमान बचाउन
तर तिमि पुच्छर कहाँ लुकाएका थियौ
संझने कोशिस गर
हाम्रो सम्मानलाई ख्याल ठट्टा नगर
तिम्रो र हाम्रो रगत फरक छ
स्वाभिमानी र गुलाम एउटै होईन
दाईलाई सक्दिन भाउजु राख्दिन
ब्यावहार नगर
त्यसैमा तिम्रो भलो छ ।
त्यसैले गुन हरामी धुर्त नबन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार