घरगोठ गुमाएका टोप बहादुरलाई मूल प्रवाहद्वारा आर्थिक सहयोग

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराको पहलमा आर्थिक संकलन गरि आगलगीबाट घर–गोठ गुमाएका टोप बहादुर खड्काका घर परिवारलाई रु. २५ हजार नगर र एक थान कम्बल सहयोग पु¥याएको छ ।

रोजीरोटीका लागि भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको छाता संगठन मूल प्रवाह आखिल भारत नेपाली एकता समाजले यस्तै प्रकारका कैयौं महत्वपूर्ण सहयोग कार्यहरु गर्दै आएको छ । एकता समाजले आफ्नो स्थापना कालदेखि नै लगातार रुपमा भारत प्रवासमा होस वा स्वदेशमा समेत भइपरि आएका समस्याहरुमा नेपाली जनतासँग प्रत्यक्ष रुपमा दुःख सुख साटासाट गर्दै आएको छ ।

यसै सन्दर्भमा उतर प्रदेश स्थित समाजको आगरा नगर समितिको आफ्नो पहलमा आर्थिक संकलन गरि सो सहयोग गरेको हो । राजमो प्युठानका नगर अध्यक्ष धुर्ब कुमार थापा र जिल्ला सह सचिब लाला बहादुर राहुत, एकता समाज आगरा नगर समितिका कोषाध्यक्ष दिनानाथ पुनको उपस्थितिमा टोप बहादुर खड्काका घर परिवारलाई सो रकम र कम्बल हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार