घर नभएकाे मजदुर

गिरीप्रसाद बुढा

म त फर्कनलाई घर नभएकाे मजदुर
पुल मुनि बितिरहेछ मेराे जीवन !
यसै पुलमुनिबाट देखिरहेछु
काेराेनाकाे कहरले
घर सम्झेर फर्किनेहररूका लाम
तिनीहरू सडकमा हिड्दै गर्दा
एक दुई छाक भाैकै भएर के फरक पर्छ र ?
एकदुई दिन अफ्ट्यारो बेहाेर्दैमा
अात्तिनु नै के छ र ?
तिनीहरू त घर भएका मजदुरहरू न हुन
एक दिन त पक्कै पुग्नेछन् अाफ्नै घरमा
र घरकाे न्यानोमा बसेर
सुरक्षित बन्ने छन् काेराेनाबाट ।

ती मजदुरहरूका लामलाई नियालीरहेकाहरू हाे !
यतातिरकाे याे पुलमुनि हेर त
यहाँ कसरी बितिरहेछ मेराे जीवन ?
अाँसु, र पसिनाले चुलाे पाेतेर
कसरी जाेडेकाे छु भान्सा ?
जहान बच्चाहरुकाे पेटभित्र दन्कीरहेकाे
भाेककाे अागाे निभाउन
कसरी पस्कीरहेछु निक्लाे भात ?
रहर त मलाई पनि कम्ती लागेकाे छैन
घर फर्किनेहरूकाे लाममा मिसिन
तर रहर लागेर के गर्नु ?
म त फर्कनलाई घर नभएकाे मजदुर
यही पुलमुनि बितिरहेछ मेराे जीवन
यसै पुल मुनि वालुवा अाेछ्याएर
ढुंगाकाे सिरानीमा
एउटा मिठाे सपना देखाईरहेछु
जहानबच्चाहरूलाई

याे नरभक्षी काेराेना
यहाँबाट ताढा नजाउन्जेल
हामीहरू
यसै पुल मुनि
अाकास अाेढेर सुत्ने छाैं
नदीकाे सँगीत सुन्दै निदाउनेछाैं
जब काेराेना ताढा जानेछ
मैले फेरि शुरु गर्नेछु भारी बाेक्न
गैती बेल्चा चलाएर पसिना पाेख्न
अनि हुनेछ हामीसँग थुप्रै पैसा
र बन्नेछ हाम्राे पनि अाफ्नै लालपुर्जा सहितकाे घर
अनि फेरि काेराेना अायाे भने
हामी पनि उ त्याे सडकमा हिडिरहेकाहुनेछाै
अाफ्नै न्यानाे घर फर्कनलाई

समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार