घेरियो देश

रवि पौडेल

घेरियो देश दक्षिणबाट
घेरियो देश उत्तरबाट
घेरिए नेता बालुवाटारमा
साम्राज्यवादको रअबाट
घेरियो देश

कैले उसलाई, कैले यसलाई
कैले प्रधानमन्त्रीकै निवास घुस्छन्
जुकाले रगत चुसे झैँ
नेताहरूको दिमाग चुस्छन्
घेरियो देश

कहिले सुस्ता, कहिले लिपु
खुला सीमाको फाइदा उठाउदै
लोभी नेताहरूलाई काँधमा चढाउँदै
कहिले पल्टाउने, कहिले उठाउने
घेरियो देश

कहिले पैसा, कहिले कुर्सी
नेतालाई देखाउँदै लोभ
कहिले आतङ्ककारीको देखाउँदै डर
कहिले सिमाना घेर्छन्
कहिले राजधानी घेर्छन्, भित्रै पस्छन्
घेरियो देश

कहिले पुराना गाडी दिन्छन्
कहिले बिग्रेका एम्बुलेन्स
कहिले थोत्रो रेल दिन्छन्
कहिले सहयोग रकम भनी
घेरियो देश

कतै नागरिकता लिएरै छोड्छन्
कसैले नागरिकता दिएरै छोड्छन्
उताकालाई यता ल्याउछन्
नाता लाउँछन्, घुस खान्छन्
घेरियो देश

पालैपालो नेता घेरे,
उचाले पछारे, फेरि उठाए
लाचार नेताले देश बिगारे
नेपाली जनताको बेहाल बनाए
नेताहरू कुहिए,
गनाए, जनतालाई रुने बनाए
घेरियो मेरो देश ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार