घोराहीको मितेरी अस्पताल नयाँ व्यावस्थापनका साथ सञ्चालन हुँदै

शुशिल परियार

दाङ । बिगत पाँचवर्षदेखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल नयाँ व्यावस्थापनका साथ सञ्चालन हुने सञ्चालकहरुले बताएका छन् ।

दाङ जिल्ला मात्र नभएर साविक राप्तीका बासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने उद्देश्यले दाङ घोराही १८ नवलपुर पुलचोकमा सञ्चालित मितेरी अस्पतालमा यसै बर्षदेखि थप विभिन्न विशेष सेवाहरु शुरु भएको बताइएको छ ।
यस आसपासका बिरामीहरुलाई विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्य रहेको अस्पतालले थप नयाँ योजना लिएर आगामी बर्षहरुमा थप विशेषज्ञ सेवाहरु प्रदान गर्ने अस्पतालका सञ्चालक महाबिर जिसीले बताए ।

सञ्चालक जिसीका अनुसार अबदेखि अस्पतालमा नाक, कान घाँटीको विशेष सेवा शुरु गरिएको छ । नाक, कान, घाँटीको सरल तथा जटिल समस्याको निदान गर्ने उद्देश्य रहेको अस्पतालमा अब नाक, कान, घाँटीको अत्याधुनिक दूरविन विधिबाट जटिल अप्रेशन समेत हुने छ ।

यस अघि अस्पतालमा हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ उपचार समेत भइरहेको छ । हड्डीको विशेषज्ञ सेवा अन्तर्गत सरल तथा जटिल अप्रेशन हुँदै आइरहेको सञ्चालक जिसीको भनाइ थियो ।

निजी क्षेत्रबाट गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न लक्ष्य रहेको अस्पतालमा आगामी समय प्रसुति तथा महिला रोग विशेष सेवा समेत प्रदान गरिन्छ । त्यसैगरी बाल रोग विशेष सेवा तथा फिजियोथेरापी सेवा समेत प्रदान भइरहेको सञ्चालक जिसीले बताए ।

प्रसुति महिलाहरुका लागि अप्रेसन तथा नर्मल डेलिभरी सेवा समेत प्रदान भइरहेको छ । अस्पतालनमा सुविधासम्पन्न ल्याव रहेको छ । भिडियो एक्सरे र सादा एक्सरे समेत प्रदान गरिन्छ । त्यसैगरी इसिजि र यूएसजी सेवाको समेत प्रवन्ध रहेको छ । अस्पतालको आफ्नै एसी जडित सुविधासम्पन्न एम्बुलेन्स समेत रहेको छ ।

हात खुट्टा भाँचिएको, प्लास्टर गर्नुपर्ने, शरीर झमझमाउने दुख्ने, यूरिक एसीड, हड्डी खिइएको, ढाड कम्मर दुख्ने समस्याको चेकजाँच तथ अप्रेसन सेवा उपलब्ध रहेको अर्का संचालक माधब भण्डारीले बताए ।

प्रसुति सेवा अन्तर्गत महिलाहरुको तल्लो पेट दुख्ने, ढाड दुख्ने, सुरक्षित गर्भपतन, पाठेघरमा मासु पलाएको, पाठेघरको क्यान्सर, महिलाहरुको पिसाव सम्बन्धी समस्या लगायत अन्य विभिन्न सेवाहरुको उपचार गराइने उहाँले जानकारी दिए ।

नाक, कान, घाँटी अन्तर्गत एलर्जीको पहिचान तथा उपचार, नाकमा मासु पलाएको, पिनास, लामो समयसम्म कान दुख्ने, गर्धन तथा थाइराइड, घाँटीको इन्डोस्कोपी लगायतका समस्याहरुको चेकजाँच र उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार