चंडिगढका नगर सदस्य बेगम कुवरलाई प्रवासबाट विदाई

खिमराज चालिसे,

चण्डीगढ, २९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सदस्य बेगम कुँवरले आफू नेपालको जनतान्त्रिक आन्दोलनलाई सघाउन सधैको लागि स्वदेश जाने स्वैच्छिक घोषणा पछि चंडिगढ नगर समितिले समारोह बीच विदाई गरेको छ ।

कुँवरलाई नगर समितिद्वारा आयोजना विदाई कार्यक्रममा समाजका केन्द्रीय सदस्य दिनेश खड्काले सम्मान–पत्र एवं स्मृती चिन्ह प्रदान गर्दै विदाई गर्नुभएको हो । फुलमाला तथा अविर लगाएर उपस्थित सबै कार्यकर्ताहरुले सम्मान गरि विदाइ गर्नुभएको थियो ।

विदाई कार्यक्रममालाई सम्वोधन गर्दै कुँवरले विभिन्न खाले अबसरवादका विरुद्ध दृढतापूर्वक उभिदै देशभित्र राष्ट्रियताको पक्षमा रक्षाकवच बन्नु हुने आपेक्षा आफूहरुको रहेको प्रमुख अतिथि दिनेश खड्काले बताउनु भयो ।

त्यस्तै केन्द्रीय सल्लाहकार तिलक पौडेल, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय सचिव जुना चालिसे, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य, समता बिभाग केन्द्रीय सदस्य बिनु नेपाली, जनजाति विभागका थमन थापा, खेल विभागका पुरन थापा, महिला नगर संयोजक माया आचार्य, राजमो राप्ती गाउँपालिका सदस्य शमशेर केसी, विद्यार्थी नगर अध्यक्ष नारायण आचार्य, रक्तीम बिभागका लीला बिक लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्युठान जिल्ला, गौमुखी गाउँपालिका ७ नारीकोट निवासी बेगम कुँवर सन् २०१४ देखि मूल प्रवाहको सक्रिय सदस्य रहि नगर तथा एरियाहरुमा सक्रियता पूर्वक जिम्वेदारी निभाउँदै आउनुभएको थियो ।

नगर सचिव तेज बहादुर रोकाको सञ्चालन तथा नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थानेश्वर पाण्डे तथा रक्तिम कलाकारहरुद्धारा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार