चंडिगढको मध्यसिटीमा मूल प्रवाहको एरिया भेला सम्पन्न

खिमराज चालिसे,
चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत मध्य सिटी एरिया भेला सम्पन्न भएको छ । फूटपरस्त तथा महत्वकांक्षी व्यक्तिहरुले चलाएको भ्रमलाई चिर्दै, सैद्धान्तिक प्रशिक्षण सहित सो एरिया भेला सम्पन्न गरिएको हो ।

चंडिगढ मध्यसिटि एरियाको भेलाका उद्घाटन केन्द्रीय सदस्य दिनेश खडकाले करतार ध्वनीमा गर्नुभएको थियो । नवनिर्वाचित कार्यकारिणीको नामावलीको घोषणा नगर समितिका सदस्य थमन थापाले गर्नुभएको थियो ।

९ पुर्ण, २ बैकल्पिक र ४ सल्लाहकार गरि १५ सदस्यिय चण्डीगढ मध्यसिटी एरिया संगठन समिति पुनर्गठन गरिएको छ । जस्माः अध्यक्ष– लक्ष्मण पाण्डे, सचिव– बिष्णु बेल्वासे, कोषाध्यक्ष– नारायण आचार्य, सदस्यहरुमाः किसन खनाल, नारायण खनाल, जमुना खनाल, जमुना खडका, रुद्र अधिकारी, बिष्णु पाण्डे, बैकल्पिक सदस्यहरु गोकुल शर्मा, सिमा आचार्य र सल्लाहकारहरुमाः बिष्णु विक, प्रेम विक, पदम पान्डे, मनिराम आचार्य रहनु भएको छ ।

नव निर्वाचित समितिलाई केन्द्रीय सल्लाहकार तिलक पौडेल, विद्यार्थी केन्द्रीय सदस्य विष्णु बेल्वासे, नगर अध्यक्ष मान बहादुर केसी, समता विभागका अर्जुन विक लगाएतले वधाइ तथा शुभकामना दिनुभएको थियो ।

नारायण आचार्यको सञ्चालनमा तथा लक्ष्मण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किसन खनालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार