चंडिगढमा मनाइयो श्रमिक महिला दिवस

खिमराज चालिसे,

चंडिगढ ।भारतको चंडिगढमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सोमबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा श्रमिक महिला दिवस मनाइएको हो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूल प्रवाह क्षेत्रीय सल्लाहकार एवम् महिला क्षत्रीय विभागकी सचिव जुना चालिसेले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

यस्तै, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षत्रीय सदस्य सिमा खडका, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, जनजाति विभागका तेज बहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, खेल विभागका पुरन थापा, महिला सदस्य कुमारी थापा, लक्ष्मी अधिकारी, नेपाली वेलफेयरकी सविना पाण्डे लगाएत नेताहले पनि सम्बोधन गर्नुभएको थियो ।

सो क्रममा वक्ताहरुले महिला मुक्ति आन्दोलनको गौरवमय इतिहास तथा कम्युनिस्ट आन्दोलनमा क्लारा जेटकीन, रोजा लक्ष्यमवर्ग, एलेक्जेन्ड्रा जस्ता महिला नेतृहरुको अद्धितीय योगदान तथा दोश्रो अन्तर्राष्ट्रियको महत्ववारे प्रकाश पार्दै महिलाहरुको हक अधिकार,न्याय तथा स्वतन्त्रताको लागी सम्पूर्ण उत्पीडित महिलाहरुले नै संगठित र सचेत हुनुपर्ने धारणा राखेका थिए ।

महिला विभागकी सचिव जमुना खनालको सञ्चालन तथा नगर संयोजक माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जमुना खडकाले स्वागत गर्नुभएको थियो भने रक्तिम परिवारका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार