चंडिगढ नगर सदस्यहरुद्धारा राहात वितरण

चंडिगढ, १ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिका सदस्यहरू लक्ष्मण पाण्डे र नारायण आचार्यको विशेष पहलमा राहात वितरण गरिएको छ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण विगत दुई महिना भन्दा बढी समयदेखि लकडाउनमा वसी कष्टकर जीवन निर्वाह गर्न वाध्य भइरहेका तीन परिवारलाई १० किलो आटा, १ किलो नमक, १पैकेट हल्दी, १ पैकेट गरम मसाला, १ किलो रिफाइंड तेल, १ किलो दाल र सोयाबीन गरि सातवटा खाद्या सामाग्री रहेको तिन किटहरु बनाई वितरण गर्नु भइको छ ।

जसमा दुई परिवार बागलुङ्गका हाल एक परिवार सेक्टर ४५ चण्डीगढमा र एक परिवार मनिमाजरा बस्ने यसै गरि एक परिवार गुल्मी जिल्ला स्थायी घर भइहाल सेक्टर ४५ चण्डीगढमा बस्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार